
Author: Padam Kirati
काठमाडौं, १८ असार। माओवादी अध्यक्ष समेत् रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिएर संसदको सामना गर्ने बताएक छन् । पछिल्लो राजनीतिक घटनाक्रमबारे आज बसेको पार्टीका मन्त्रीसहितको पदाधिकारी बैठकले विश्वासको मत लिने निर्णय गरेको नेकपा माओवादीका सचिव देवेन्द्र पौडेलले जानकारी दिएकाछन् । ‘प्रधानमन्त्रीले गलेर छोड्ने कुरा हुँदैन । गणित शो गर्न जाने, संसद फेस गर्ने र विश्वासको मत लिने कुरामा प्रधानमन्त्रीले कुरा राख्नुभएको छ,’ उनले भने, ‘पार्टीले पनि विश्वासको मतको सामना गर्ने र विभिन्न पक्षसँग कुराकानी गर्ने, राष्ट्रिय स्वतन्त्र पार्टीसँग पनि, कांग्रेससँग पनि र स्वयं एमालेका अहिले सहमति भए पनि विभिन्न पक्षसँग कुराकानी गर्ने र अगाडि बढ्ने कुरा भएको छ ।’
काठमाडौँ, १४ शुक्रबार। कमेडी च्याम्पियन सिजन ३ की सबैभन्दा कान्छी प्रतिश्पर्धी सुयशा खनाललाई मतदान गर्न सार्वजनिक व्यक्तिहरुले आह्वान गर्नु भएको छ । काँग्रेस महामन्त्री गगनकुमार थापा, एमाले नेताद्धय भिम रावल, योगेश भट्टराई, राप्रपा अध्यक्ष राजेन्द्र लिंदेल, प्रमुख सचेतक ज्ञानेन्द्र शाही, रास्वपा सांसद सोविता गौतम, बरिष्ठ कलाकारहरु राजेश हमाल, दुर्गा रायमाझी, जितु नेपाल, रमेशराज भट्टराई लगायतका सर्यौँ सार्वजनिक व्यक्तिहरुले सुयशालाई मतदान गर्न आह्वान गर्नु भएको हो । उहाँहरुले सानै उमेरमा राम्रो प्रतिभा देखाएकाले सुयशाले नै कमेटि च्याम्पियनको उपाधी जित्नु पर्ने बताउदै शुभकामना दिनु भएको छ । सुयशालाई खल्ती एप मार्फत ३३० मा शनिबार साँझ ७.३० सम्म मतदान गर्न सकिने भएकाले मतदान…
काठमाडौं, १३ असार। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, लगानी भित्र्याउने नाममा हदबन्दी छुटमा पाएको जग्गा पनि विक्री गर्न दिने सरकारी प्रस्तावको विपक्षमा उभिएको छ । यो कानुनको दुरुपयोग हुने उसको आशंका हो । सरकारले लगानी सम्मेलनका लागि ल्याएको अध्यादेशमा हदबन्दी छुटमा पाएको जग्गा एक पटकका लागि विक्री गर्न दिने व्यवस्था छ । त्यही अध्यादेशलाई प्रतिस्थापन गर्न सरकारले ल्याएको ‘लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१’ प्रतिनिधि सभामा विचाराधीन छ । २८ जेठमा दर्ता भएको यो विधेयकमाथि संशोधनका लागि ७२ घण्टे समय दिइएको छ ।संशोधन प्रस्ताव राख्नु अगाडि कांग्रेसले एकीकृत धारणा बनाउन बुधबार विज्ञहरुको उपस्थितिमा प्रतिनिधि सभा र राष्ट्रिय…
काठमाडौं १० असार। आन्दोलनरत संसद् सचिवायलका कर्मचारी र सरकारबीच ७ बुँदे सहमति भएको छ ।सोमबार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डे र कर्मचारी युनियनबीच भएको वार्ता सहमतिमा पुगेको हो । सहमति अनुसार संसद् सचिवालयका कर्मचारीको आवास भत्ता, शैक्षिक भत्ता र खाजा खर्च बढ्ने छ ।कर्मचारीहरूलाई प्रदान गरिंदै आएको शैक्षिक भत्तामा मासिक तीन सय वृद्धि गर्ने, अतिरिक्त समयमा काम गरेवापत खाजा तथा खाना खर्च दैनिक एक सयले वृद्धि गर्ने साथै यो रकम मासिक रूपमा प्रदान गर्ने सहमति भएको छ । २१ दिनदेखि संसद् सचिवालयमा कार्यरत कर्मचारी खाजा, आवासका साथै अतिरिक्त समयमा काम गरेको भत्ता पाउनुपर्ने…
काठमाडौं ४ मंगलबर। नेपाली कांग्रेसका सांसद हृदयराम थानीले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमा सरकारबाहिर रहँदाजस्तो हुटहुटी अहिले नदेखिएको टिप्पणी गरेका छन् ।मंगलबार प्रतिनिधि सभामा गृह मन्त्रालयको बजेटमाथिको छलफलमा भाग लिँदै उनले सुरुमै भने, ‘गृहमन्त्रीमा हुटहुटी छ । तपाईंको हुटहुटीले पनि काम गरेन ।’ कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्नलाई नियन्त्रणमा लिएर कारबाही गर्ने प्रतिवद्धता गृहमन्त्रीले गरेको तर, कार्यान्वयन नभएको उनले सम्झाए ।सहकारी पीडितहरु आन्दोलनमा रहेको तर, धेरै सहकारीको वचत रकम हिनामिना गर्ने जिबी राईलाई नियन्त्रणमा लिन सरकार असफल भएको भनेर थानीले प्रश्न उठाए । आज जिबी राई चर्चाको विषय छ । उहाँ गोर्खा मिडिया र सहकारीबाटै चर्चामा हुनुभयो’, सांसद थानीले…
काठमाडौं, ४ मंगलवार । प्रधानमन्त्री नरेन्द्र मोदी र प्रतिपक्षी नेता राहुल गान्धी एउटै टेबल र बैठकमा बारम्बार देखिने भएका छन् । मोदीले राहुल गान्धीको संवैधानिक भूमिकालाई बेवास्ता गर्न सक्ने छैनन् । लोकतन्त्रमा ‘वैधानिक प्रतिपक्ष’ अपरिहार्य हुन्छ । तर ‘संसारकै सबैभन्दा ठूलो लोकतन्त्र’ मानिएको भारतको लोक सभामा विगत १० वर्षदेखि ‘प्रतिपक्षी नेता’ थिएनन्, ‘लिडर अफ अपोसजिसन’ को पद खाली थियो । कारण थियो– ‘विपक्षी नेता’ को तलब भत्ता सम्बन्धी ऐन १९७७ को व्यवस्था ।यो ऐनले लोक सभाको विपक्षी नेताले प्राप्त गर्ने सेवासुविधा मात्र प्रष्ट गर्दैन, उसको काम, कर्तव्य र हैसियतका कतिपय पक्षको समेत चर्चा गर्दछ । ऐनको व्यवस्थाअनुरूप कोही व्यक्ति लोक…
काठमाडौं, २१ जेठ। गृह मन्त्रालयले विभिन्न निकायमा उपसचिवहरु र जिल्ला प्रशासन कार्यालयहमा सहायक प्रमुख जिल्ला अधिकारीहरुको सरुवा तथा पदस्थापन गरेको छ ।मन्त्रालयले धादिङ, नुवाकोट, सुनसरी, कञ्चनपुर र डडेलधुरा जिल्लामा नयाँ सहायक प्रमुख जिल्ला अधिकारीहरु पठाएको छ । यस्तै गृह मन्त्रालयसहित अध्यागन विभागसहित विपद् व्यवस्थापन न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पनि नयाँ उपसचिव खटाइएको छ । सूची
काठमाडौं, २० जेठ। प्रशासनको केन्द्र सिंहदरबारभित्र आइतबार अर्थ मन्त्रालयको गेटमा एक्कासि करिब ८० जनाको समूह आइपुगेको थियो। मन्त्रालयको मूलढोकामा बसेका दुई प्रहरीलाई एक्कासि आएको समूह व्यवस्थापन गर्न सकस पर्यो ।तपाईंहरु केका लागि आउनुभएको हो ? अर्थमन्त्रीज्यू अहिले हुनुहुन्न,’ मूलढोकामा उभिएका एक प्रहरीले भने । त्यसपछि समूहमा आएकाहरू मूलढोका अगाडि भर्याङमा लहरै बसे । अर्थ मन्त्रालयमा एक्कासि हुल बाँधेर जानेहरू स्थानीय सरकारका नेतृत्व गर्ने थिए । नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघ आह्वानमा विभिन्न नगर प्रमुख, गाउँपालिका प्रमुख तथा उपप्रमुखको टोली अर्थ मन्त्रालयमा आइतबार मन्त्री वर्षमान पुनलाई भेट्न आएका हुन् । सरकारले वित्तीय समानीकरण अनुदान कटौती गरेको भन्दै देशभरिका स्थानीय तहका…
काठमाडौं, २० जेठ।नेकपा एकीकृत समाजवादीको १०औं राष्ट्रिय महाधिवेशनका सन्दर्भमा आयोजित पत्रकार सम्मेलनमा पार्टिको नेताहरूले ‘सहमति’ शब्दलाई जोड दिएका छन् ।अध्यक्ष माधव नेपालले सुरु गरेको सहमति शब्द पार्टीका सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालले पनि जोड दिएर उच्चारण गरेका थिए। घोषणा भइसकेको महाधिवेशन समयमा नै सम्पन्न हुनेछ भन्ने कुराको सुनिश्चितता दिलाउन पत्रकार सम्मेलनको आयोजना गरिएको भनेर स्पष्टीकरण अध्यक्ष नेपालले दिएको हो ।महाधिवेशन समयमा गर्न गइरहेका छौं भन्ने सन्देश दिन यो पत्रकार सम्मेलन गर्न गइरहेका छौं’, अध्यक्ष नेपालको भनाई, ‘हामी यो सहमतिको महाधिवेशन गर्न गइरहेका छौं । नेपालको राजनीतिमा हाम्रो पार्टीले जुन निर्वाह गरिरहेको भूमिकालाई सशक्त बनाउन चाहन्छौं । अध्यक्ष…
काठमाडौं,१८ जेठ।विबिध कारणले ट्राफिक नियम उल्लंघनमा परेकाहरुलाई ट्राफिक प्रहरीले शारीरिक दण्ड दिन थालेको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेको छ । मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउनेहरुलाई स्वयंसेवकका रुपमा सडकमा खटाउने भनी गृहमन्त्री रवि लामिछानेले गरेको निर्णयलाई चुनौती दिई रिट निवेदन दर्ता भएको हो । बझाङका कृष्ण विक, स्याङ्जाका आकाश भट्ट लगायत ७ जनाले गृहमन्त्री लामिछानेको निर्णयमाथि चुनौती दिई सर्वोच्च अदालतमा रिट हालेका हुन् । शुक्रबार दर्ता भएको उनीहरुको रिट निवेदनमाथि आइतबार प्रारम्भिक सुनुवाइ हुने बताईएको छ । गृहमन्त्री रवि लामिछानेले महिनावारी भएका महिला ट्राफिक प्रहरीलाई चार दिनसम्म सडकमा ड्युटीमा खटिन नपर्ने गरी आराम दिने र उनीहरुको सट्टा…
