Author: Padam Kirati

काठमाडौं,१६ भदौ। गण्डकी प्रदेशमा मन्त्रालय विभाजन गरेर ९ वटा मन्त्रालय बनाइएको छ ।आइतबार बसेको मन्त्रिपरिषद बैठकले वन, वातावरण तथा उद्योग, पर्यटन मन्त्रालय र सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय फुटाउने निर्णय गरेको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जानकारी दिए । उनका अनुसार वन, वातावरण तथा उद्योग पर्यटन मन्त्रालयमा पहिलेदेखि नै दुईवटा संगठन संरचना थियो । त्यस्तै सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयमा पनि दुईवटा संगठन संरचना थिए । कांग्रेस–एमालेबीच ९ वटा मन्त्रालय बनाउने सहमति भएपछि ती मन्त्रालय विभाजन गरिएको मुख्यमन्त्री पाण्डेले बताए । यी मन्त्रालय एउटै भए पनि संगठन संरचना दुईवटा थिए र सचिवहरु पनि अलग अलग थिए । त्यसलाई अलग अलग गरेर ९…

Read More

काठमाडौं १६ भदौ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अब सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्न नहुने बताए ।आइतबार पार्टीको केन्द्रीय समितिको बैठकमा बोल्दै उनले सभापति देउवालाई प्रधानमन्त्री नबन्न र त्याग गर्न आग्रह गरेका छन् । कांग्रेस र एमालेबीच एमाले अध्यक्ष केपी शर्मा ओलीपछि देउवा प्रधानमन्त्री बन्ने समझदारी भइसकेको छ । प्रतिनिधिसभामा कांग्रेसबाटै एक से एक अग्रज नेता रहेको भन्दै उनीहरुमध्ये कसैलाई प्रधानमन्त्री बनाउनुपर्ने शर्माले बताए । उहाँहरु मध्ये कसैलाई पनि हामीले प्रधानमन्त्री बनायौं भने – एक, सभापतिको त्याग देखिन्छ । दुई, उहाँको समकालीन कोही नेतालाई न्याय र कदर हुन्छ । तीन, तब ०८४ पछि हामी नयाँ अनुहारमा पुग्नेछौं’, शर्माले भने…

Read More

काठमाडौं, १६ भदौ। उपप्रधानमन्त्री समेत रहेको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निजी क्षेत्रलाई गुनासो मात्र नगर्न आग्रह गरेका छन् । उनले सरकारले हातेमालो गर्न चाहेको भन्दै त्यसका लागि आह्वान पनि गरेका छन् । आइतबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २६ औं वार्षिक साधारण सभाका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले सरकारले निजी क्षेत्रमैत्री नीति ल्याएको बताए । सोहीकारण रियलस्टेट ऋण प्रवाह र पूँजीबजार बढ्दै गएको बताए । अर्थमन्त्री पौडेलले सरकार नीतिगत तथा कार्यगत हस्तक्षेपबाटै अर्थतन्त्र सुधारको बाटोमा गएको र थप सुधारका लागि विभिन्न क्षेत्रबाट सुझाव लिएर अघि बढ्न सरकार तयार रहेको बताए । त्यस अगाडि निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाका नेतृत्वले…

Read More

काठमाडौं, १५ भदौ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । शनिबार मध्यरातबाट लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र मट्टीतेल र डिजलमा प्रतिलिटर एक रुपैयाँ घटाइएको निगमले जनाएको छ ।आन्तरिक हवाई इन्धनतर्फ प्रतिलिटर ५ रुपैयाँ तथा अन्तर्राष्ट्रिय हवाई इन्धनतर्फ प्रति किलोमिटर ३७ डलर मूल्य घटाइएको छ । खाना पकाउने एलपी ग्याँसको मूल्य भने यथावत् नै छ ।नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य अब काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा लिटरको १६३ रुपैयाँ पर्छ । सुर्खेत र दाङ क्षेत्रमा १६२ र अरु क्षेत्रमा १६० रुपैयाँ ५० पैसा पर्नेछ यस्तै पेट्रोल र मट्टीतेलको मूल्य काठमाडौं र दिपायल क्षेत्रमा लिटरको १५४ रुपैयाँ पर्नेछ…

Read More

काठमाडौं ५ भदौ। माओवादी केन्द्रका अध्यक्ष्य पुष्पकमल दाहाल प्रचण्ड विरुद्ध लिखित रुपमा फरक मत पेश गरेका माओवादीका नेता जनार्दन शर्माविरुद्ध पार्टीको प्रदेशस्तरीय बैठकमा चर्को आलोचना भएको छ । प्रचण्डको कार्यशैलीविरुद्ध फरक मत राखेका शर्मालाई पार्टी फुटाउन खोजेको अभियोग समेत स्थायी समितिमै लगाइएको थियो । प्रदेशस्तरीय बैठकमा प्रचण्ड पक्षीय नेताहरुले शर्मामाथि निर्मम प्रहार गरेर नेतृत्वमाथि प्रश्न गर्दा असहयोग हुने बताएका छन् । बुधबारदेखि सुरु भएको माओवादी केन्द्रको बागमती प्रदेशस्तरीय बैठक पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको डेढ घण्टा लामो सम्बोधनबाट सुरु भयो ।बिहीबारसम्म चल्ने प्रदेश परामर्श बैठकमा बागमती प्रदेश अन्तर्गतका केन्द्रीय समिति सदस्य तथा प्रदेश पदाधिकारीहरू सहभागी छन् । अध्यक्ष प्रचण्डले विचार,…

Read More

काठमाडौं, भदौ १ शनिबार । तीजलाई लक्षित गरेर गायीका टिका प्रसाईंको स्वरमा “माया बस्यो संगिनी ” गीत सार्वजनिक भएको छ । गीतमा प्रमिला बस्नेतको शब्द, राजेश थापाको संगीत र रमेश सेन्चुरीको एरेन्ज रहेको छ । आफ्नो मायाको यादमा जवानीलाई साँचेर राखेको कुरा गीतमा गरिएको छ । गीतको भिडियोलाई केशव राज भट्टले निर्देशन गरेका हुन् । भिडियोमा कलाकारहरु जुना कार्की, संचिता बुलाखे, टिका प्रसाईं, सरोज बुढाथोकीले अभिनय गरेका छन् । भिडियोको छायांकन अजय रेग्मी र सम्पादन दिनसन शाहले गरेका छन । हेर्नुहोस् भिडियो<iframe width=”100%” height=”315″ src=”https://www.youtube.com/embed/O4aMrYf2n6U?si=gyAd3M0r_xzP0Zj2″ title=”YouTube video player” frameborder=”0″ allow=”accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture; web-share” referrerpolicy=”strict-origin-when-cross-origin” allowfullscreen></iframe>

Read More

काठमाडौं, ५ साउन।ललितपुरको महालक्ष्मी नगरपालिकामा आज किरात राइ ययोक्खाको नगर कमिटी गठन भएको छ् । यसै नगरपालिकाको वडा न. ५ मा अवस्थित पवन प्रकृति इङ्लिस इस्कुलको सभा हलमा कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रममा प्रमुख अतिथि मा. शरन राईको उपस्थिती रहेको थियो भने उक्त कार्यक्रम मा. राईकै बिशेष पहलमा सम्पन्न भएको थियो । उक्त समितिको अध्यक्षमा हरिकाजी राइ चुनिएको छ् भने, उपाध्यक्क्षमा पविता राई, सचिव देवीका राई कोशाध्यक्ष शसिकला राई लगायत दुइदर्जन भन्दा बढी सदस्यहरु समाबेस भएको थियो । अन्य मानिस्हरुको बाकुलो उपस्थिती रहेको उत्क्त कार्यक्रममा मा. राईले आउने ०८४ मा जो कोही राई समुदयको यस नगरपालिका वा जिल्लाबाट…

Read More

काठमाडौँ, २२ असार। गायिका नम्रता खरेल र गायक प्रविण वेडवाल को स्वरमा ’माया पिरतीको गाउँ ’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतको शब्द तथा संगीत सागर अधिकारी सरद को रहेको छ । भिडियो सुटिङ्को क्रममा खिचिएको तस्विर गीतको भिडियोमा माया प्रेम बैंश र जीबनको अर्थलाई कलात्मक तरिकाले देखाइएको छ । गीतमा प्रेमी प्रेमीका विचको अन्तरंग कुराकानी लाई समेटिएको छ । मायामा रुपको पछी भन्दा पनी भावनालाई एक आपसमा कदर गर्नुपर्ने कुरा गीतमा गरिएको छ ।गीतमा सन्तोष तामाङको छाँयाङकन , विजय राज भुर्तेल को निर्देशन तथा सम्पादन तथा समिर राईको कन्सेप्ट रहेको छ । भिडियोमा एस राज गराज…

Read More

काठमाडौं, २१ असार । त्रिभुवन विश्वविद्यालयका डीन, क्याम्पस प्रमुख लगायतका पदमा उम्मेदवारले कुनै पनि राजनीतिक दलमा आवद्ध नभएको स्वघोषणा गर्नुपर्ने छ । विश्वविद्यालयले ‘त्रिभुवन विश्वविद्यालयका सावधिक पदमा नियुक्तिका आधार र मापदण्डसम्बन्धी विनियम, २०८१’ सार्वजनिक गरेको छ, जसमा कुनै पनि पदको उम्मेदवारले दलको सदस्य नभएको स्वघोषणा अनिवार्य गरेको छ । हाल सम्म नियुक्तिसम्बन्धी मापदण्ड नहुँदा राजनीतिक भागबन्डाको आधारमा हुने गरेको थियो । तत्कालीन उपकुलपति धर्मकान्त बास्कोटाको पालामा कीर्तिपुर केन्द्रीय विभाग प्रमुखहरूको नियुक्ति सम्बन्धी विनियम बनाएका थिए, जसले ‘वरिष्ठतम शिक्षकहरू मध्येबाट विभागीय प्रमुख हुने,’ व्यवस्था गरेको छ ।त्यस बाहेकका पदमा गरिने नियुक्तिबारे मापदण्ड भने बन्न सकेको थिएन । प्रा.डा.केशरजंग बराल उपकुलपति भएपछि…

Read More

काठमाडौं, १८ असार ।साउन ५ गते बिश्वका ३३ सहरमा एक साथ साइकल च्यालेन्ज हुदैछ ।  घडी घुम्ने दिशामा साइकल यात्रीहरुले आफुले चाहेको रुट परिक्रमा गर्दैछन् । यो च्यालेन्जको लागि सवैभन्दा उपयुक्त रुट ‘३३ पुल परिक्रमा’ हो । च्यालेन्ज हुने  बिश्वका ३३ सहरको प्रतिक मानेर, ३३ पुलमा साइकल यात्रा गर्दा बिश्व भ्रमण गरेको अनुभति हुने भएकोले यो रुट सांकेतिक रुपमा उत्कृष्ट रहेको छ । भक्तपुरको ३३ पुल परिक्रमा कसरी गर्ने?भक्तपुर सहरलाई ३३ वटा पुलले घेरेको छ । यी पुलहरु परिक्रमा गर्न करीब ३३ किलोमिटर यात्रा गर्नु पर्ने हुन्छ ।अधिकांस रुट खोलाको तिर मै छ । घडी घुम्ने दिशा हुदै यी पुलहरु परिक्रमा गर्न सकिन्छ ।रुटमा सबैभन्दा बढी खेतहरु…

Read More