Author: Padam Kirati

काठमाडौं, २० जेठ। प्रशासनको केन्द्र सिंहदरबारभित्र आइतबार अर्थ मन्त्रालयको गेटमा एक्कासि करिब ८० जनाको समूह आइपुगेको थियो। मन्त्रालयको मूलढोकामा बसेका दुई प्रहरीलाई एक्कासि आएको समूह व्यवस्थापन गर्न सकस पर्‍यो ।तपाईंहरु केका लागि आउनुभएको हो ? अर्थमन्त्रीज्यू अहिले हुनुहुन्न,’ मूलढोकामा उभिएका एक प्रहरीले भने । त्यसपछि समूहमा आएकाहरू मूलढोका अगाडि भर्‍याङमा लहरै बसे । अर्थ मन्त्रालयमा एक्कासि हुल बाँधेर जानेहरू स्थानीय सरकारका नेतृत्व गर्ने थिए । नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघ आह्वानमा विभिन्न नगर प्रमुख, गाउँपालिका प्रमुख तथा उपप्रमुखको टोली अर्थ मन्त्रालयमा आइतबार मन्त्री वर्षमान पुनलाई भेट्न आएका हुन् । सरकारले वित्तीय समानीकरण अनुदान कटौती गरेको भन्दै देशभरिका स्थानीय तहका…

Read More

काठमाडौं, २० जेठ।नेकपा एकीकृत समाजवादीको १०औं राष्ट्रिय महाधिवेशनका सन्दर्भमा आयोजित पत्रकार सम्मेलनमा पार्टिको नेताहरूले ‘सहमति’ शब्दलाई जोड दिएका छन् ।अध्यक्ष माधव नेपालले सुरु गरेको सहमति शब्द पार्टीका सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालले पनि जोड दिएर उच्चारण गरेका थिए। घोषणा भइसकेको महाधिवेशन समयमा नै सम्पन्न हुनेछ भन्ने कुराको सुनिश्चितता दिलाउन पत्रकार सम्मेलनको आयोजना गरिएको भनेर स्पष्टीकरण अध्यक्ष नेपालले दिएको हो ।महाधिवेशन समयमा गर्न गइरहेका छौं भन्ने सन्देश दिन यो पत्रकार सम्मेलन गर्न गइरहेका छौं’, अध्यक्ष नेपालको भनाई, ‘हामी यो सहमतिको महाधिवेशन गर्न गइरहेका छौं । नेपालको राजनीतिमा हाम्रो पार्टीले जुन निर्वाह गरिरहेको भूमिकालाई सशक्त बनाउन चाहन्छौं । अध्यक्ष…

Read More

काठमाडौं,१८ जेठ।विबिध कारणले ट्राफिक नियम उल्लंघनमा परेकाहरुलाई ट्राफिक प्रहरीले शारीरिक दण्ड दिन थालेको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेको छ । मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउनेहरुलाई स्वयंसेवकका रुपमा सडकमा खटाउने भनी गृहमन्त्री रवि लामिछानेले गरेको निर्णयलाई चुनौती दिई रिट निवेदन दर्ता भएको हो । बझाङका कृष्ण विक, स्याङ्जाका आकाश भट्ट लगायत ७ जनाले गृहमन्त्री लामिछानेको निर्णयमाथि चुनौती दिई सर्वोच्च अदालतमा रिट हालेका हुन् । शुक्रबार दर्ता भएको उनीहरुको रिट निवेदनमाथि आइतबार प्रारम्भिक सुनुवाइ हुने बताईएको छ । गृहमन्त्री रवि लामिछानेले महिनावारी भएका महिला ट्राफिक प्रहरीलाई चार दिनसम्म सडकमा ड्युटीमा खटिन नपर्ने गरी आराम दिने र उनीहरुको सट्टा…

Read More

काठमाडौं, ७ जेठ। नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछाने हिजोको संसद बैठकमा हिंस्रक रुपमा प्रस्तुत भएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।अरुलाई आरोप लगाएर आफू माथिको आरोपबाट लामिछाने भाग्न खोजेको भन्दै कांग्रेसका प्रमुख सचेतक रमेश लेखेकले कांग्रेसलाई लामिछानेले लगाएका आरोपमा निष्पक्ष छानबिन गर्न मागसमेत गरेको बताए। आज बिहान कांग्रेस संसदीय दलको बैठकपछि लेखकले हिजोको संसद बैठकमा सम्बोधन गर्ने क्रममा गृहमन्त्री लामिछाने असभ्य, कपोलकल्पित र हिंस्रक ढंगले प्रस्तुत भएको बताए छन्। त्यसबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने उनले बताए । गृहमन्त्री लामिछानेले कांग्रेस महामन्त्री गगन थापाले त्रिचन्द्र क्याम्पसको स्ववियु सभापति हुँदा रकम हिनामिना गरेको, कृषि अनुदानको रकम दुरुपयोग गरेको जस्ता विषय उठाउँदै…

Read More

काठमाडौं,७ जेठ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको विपक्षी दलहरुको बैठक संसद भवनस्थित उनकै कार्यकक्षमा सुरु भएको छ ।आजको संसद बैठकमा विपक्षी दलहरुको साझा रणनीति तय गर्न बैठक बोलाइएको सभापति देउवाले बताएको हो। कांग्रेससहित विपक्षी दलहरुले गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा जोडिएको भन्दै संसदीय छानबिन समिति गठनको माग गर्दै आएका छन् ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विश्वासको मत लिँदैछन् ।

Read More

काठमाण्डौं, २१ चैत्र । २०७८ साउन २३ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण काम हुन नसकेपछि २५ पुसमा नेपाल सरकारले बागमती प्रदेश सरकारसँगको साझेदारीमा बनाउन चितवनको भरतपुर महानगरपालिकालाई सहमति दियो । जतिबेला चन्दा उठाएर रंगशाला निर्माण सुरु गरेको धुर्मुस सुन्तली फाउन्डेसनले १९ करोड ऋण लागेको भन्दै २ वर्षअघि निर्माणको काम छाडेको थियो । त्यसपछि यो रंगशाला अलपत्र थियो । सरकारले निर्माणको बाटो खुलाइदिएपछि एकखालको उत्साह छाएको थियो । सरकारले प्रदेश सरकारको साझेदारीमा सहमति दिएपछि ठेक्का आह्वान गरेर निर्माणको काम अघि बढाउन बाटो खुलेसँगै भरतपुर महागरपालिकाले १७ फागुनमा निर्माणको लागि टेन्डर आह्वान गर्यो । राष्ट्रिय गौरवको योजनामा समावेश भएको रंगशालाको पहिलो…

Read More

काठमाडौं, १९ चैत। टी-२० अभ्यास खेलमा नेपाल ए ले तेस्रो तथा अन्तिम आयरल्यान्ड ए सँग टस हारेको छ ।त्रिवि क्रिकेट मैदानमा भएको टसमा आयरल्यान्ड ए का कप्तान निल रकले जितेर पहिला फिल्डिङ रोजेका छन् । नेपालले ब्याटिङको निम्तो पाएको छ । नेपालले आज युवा हिटर नारायण जोशीलाई मौका दिएको छ । सुदूरपश्चिमबाट घरेलु क्रिकेट खेल्ने नारायण आक्रामकसँगै तीव्र गतिमा बलिङ गर्ने गर्दछन् । नेपालले आज किरण ठगुन्नालाई बाहिर राख्दै नारायणलाई मौका दिएको हो ।नेपाल ए पहिलो खेलमा २१ रन र दोस्रो खेलमा ४० रनले पराजित भएको थियो सिरिज गुमाइसकेको नेपाल अन्तिम खेलमा जितका साथ क्लिनस्विप हुनबाट बच्न चाहन्छ । दुवै…

Read More

काठमाडौं १८ चैत। तनहुँ ऋषिङ गाउँपालिका–१ र व्यास नगरपालिका–५ सीमा भएर बग्ने सेती नदीको पानी प्रयोग गरी निर्माणाधीन १ सय ४० मेगावाट क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत् आयोजनाको मुख्य सुरुङ ‘ब्रेक थ्रु’ (छिचोलिएको) खन्ने काम सकिएको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक एवम् तनहुँ हाइड्रोपावर सञ्चालक समिति अध्यक्ष कुलमान घिसिङ र जलस्रोत, ऊर्जात था सिँचाइ सचिव गोपालप्रसाद सिग्देलले आइतबार संयुक्त रूपमा स्विच दबाएर विस्फोट गराएपछि मुख्य सुरुङ ‘ब्रेक थ्रु’ भएको थियो।आयोजनाको प्याकेज–२ अन्तर्गत जलाशय मुहान (इनटेक) बाट सुरु भई पेनस्टक पाइप रहने स्थानसम्मको १ हजार ४ सय ९३ मिटर लामो सुरुङ ‘ब्रेक थ्रु’ भएको हो ।मुख्य सुरुङको ब्यास ७.४ मिटर…

Read More

काठमाडौं, १५ चैत्र काठमाडौंको चावहिलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरमा नवजात शिशुलाई स्वास प्रश्वासमा सहयोग गर्ने विषयमा एकदिने कार्यशाला “हेल्पिङ वेवी ब्रिद” वर्कशप समपन्न भएको छ । ॐ अस्पतालमा कार्यरत नर्सिङ स्टाफ तथा मेडिकल अफिसरहरुका लागि नवजात शिशुको उपचार तथा स्याहारका क्रममा अत्यावश्यक (लाइफ सेभिङ स्किल्स) जीवन रक्षाका सीपहरुवारे प्रयोगगात्मक अभ्यास सहित प्रशिक्षण गरिएको थियो ।नवजात शिशु आमाको गर्भबाट बाहिर निस्कनासाथ पहिलो एक मिनेट (गोल्डन मिनेट) मा सास फेर्न कठिनाइ भएका र चुनौतीपूर्ण अवस्थाका शिशुहरुलाई सास फेर्न तत्काल सहयोग गर्नुपर्ने अवस्था हुन्छ । यस्तो अवस्थालाई सामना गर्न अस्पतालको अपरेशन थिएटर र एनआइसियूमा कार्यरत चिकित्सक तथा नर्सिङ स्टाफहरुको भूमिका महत्वपूर्ण हुन्छ…

Read More

काठमाडौं, ४ चैत्र ।ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.ले काठमाडौंको लोहसालमा एकदिने निःशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम सफलताका साथ सम्पन्न गरेको छ ॐ हस्पिटलले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्थानीय ‘अन्नपूर्ण महिलाबचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँगको सहकार्यमा स्वास्थ्य परिक्षण गरेको हो ।टोलबासी समेत रहनुभएका ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरका अध्यक्ष, सिनियर कन्सल्ट्यान्टरेडियोलोजिष्ट डा. आनन्द प्रसाद श्रेष्ठ र अन्नपूर्ण महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडकी अध्यक्ष पम्फा राईले संयुक्त रुपमा स्वास्थ्य परिक्षण कार्यक्रम औपचारिक उद्घाटन गर्नुभएको थियो । शिविरमा सहकारीका बचतकर्ता सदस्यहरु र स्थानीय वासिन्दाहरुको स्वास्थ्य परिक्षण गरिनुकासाथै परामर्श तथा निःशुल्क स्वास्थ्य परिक्षण, उपचार तथा निःशुल्क औषधी उपलब्ध गराइएकोथियो ।स्थानीयलाई…

Read More