Author: Padam Kirati

काठमाडौं ५ भदौ। माओवादी केन्द्रका अध्यक्ष्य पुष्पकमल दाहाल प्रचण्ड विरुद्ध लिखित रुपमा फरक मत पेश गरेका माओवादीका नेता जनार्दन शर्माविरुद्ध पार्टीको प्रदेशस्तरीय बैठकमा चर्को आलोचना भएको छ । प्रचण्डको कार्यशैलीविरुद्ध फरक मत राखेका शर्मालाई पार्टी फुटाउन खोजेको अभियोग समेत स्थायी समितिमै लगाइएको थियो । प्रदेशस्तरीय बैठकमा प्रचण्ड पक्षीय नेताहरुले शर्मामाथि निर्मम प्रहार गरेर नेतृत्वमाथि प्रश्न गर्दा असहयोग हुने बताएका छन् । बुधबारदेखि सुरु भएको माओवादी केन्द्रको बागमती प्रदेशस्तरीय बैठक पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको डेढ घण्टा लामो सम्बोधनबाट सुरु भयो ।बिहीबारसम्म चल्ने प्रदेश परामर्श बैठकमा बागमती प्रदेश अन्तर्गतका केन्द्रीय समिति सदस्य तथा प्रदेश पदाधिकारीहरू सहभागी छन् । अध्यक्ष प्रचण्डले विचार,…

Read More

काठमाडौं, भदौ १ शनिबार । तीजलाई लक्षित गरेर गायीका टिका प्रसाईंको स्वरमा “माया बस्यो संगिनी ” गीत सार्वजनिक भएको छ । गीतमा प्रमिला बस्नेतको शब्द, राजेश थापाको संगीत र रमेश सेन्चुरीको एरेन्ज रहेको छ । आफ्नो मायाको यादमा जवानीलाई साँचेर राखेको कुरा गीतमा गरिएको छ । गीतको भिडियोलाई केशव राज भट्टले निर्देशन गरेका हुन् । भिडियोमा कलाकारहरु जुना कार्की, संचिता बुलाखे, टिका प्रसाईं, सरोज बुढाथोकीले अभिनय गरेका छन् । भिडियोको छायांकन अजय रेग्मी र सम्पादन दिनसन शाहले गरेका छन । हेर्नुहोस् भिडियो<iframe width=”100%” height=”315″ src=”https://www.youtube.com/embed/O4aMrYf2n6U?si=gyAd3M0r_xzP0Zj2″ title=”YouTube video player” frameborder=”0″ allow=”accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture; web-share” referrerpolicy=”strict-origin-when-cross-origin” allowfullscreen></iframe>

Read More

काठमाडौं, ५ साउन।ललितपुरको महालक्ष्मी नगरपालिकामा आज किरात राइ ययोक्खाको नगर कमिटी गठन भएको छ् । यसै नगरपालिकाको वडा न. ५ मा अवस्थित पवन प्रकृति इङ्लिस इस्कुलको सभा हलमा कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रममा प्रमुख अतिथि मा. शरन राईको उपस्थिती रहेको थियो भने उक्त कार्यक्रम मा. राईकै बिशेष पहलमा सम्पन्न भएको थियो । उक्त समितिको अध्यक्षमा हरिकाजी राइ चुनिएको छ् भने, उपाध्यक्क्षमा पविता राई, सचिव देवीका राई कोशाध्यक्ष शसिकला राई लगायत दुइदर्जन भन्दा बढी सदस्यहरु समाबेस भएको थियो । अन्य मानिस्हरुको बाकुलो उपस्थिती रहेको उत्क्त कार्यक्रममा मा. राईले आउने ०८४ मा जो कोही राई समुदयको यस नगरपालिका वा जिल्लाबाट…

Read More

काठमाडौँ, २२ असार। गायिका नम्रता खरेल र गायक प्रविण वेडवाल को स्वरमा ’माया पिरतीको गाउँ ’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतको शब्द तथा संगीत सागर अधिकारी सरद को रहेको छ । भिडियो सुटिङ्को क्रममा खिचिएको तस्विर गीतको भिडियोमा माया प्रेम बैंश र जीबनको अर्थलाई कलात्मक तरिकाले देखाइएको छ । गीतमा प्रेमी प्रेमीका विचको अन्तरंग कुराकानी लाई समेटिएको छ । मायामा रुपको पछी भन्दा पनी भावनालाई एक आपसमा कदर गर्नुपर्ने कुरा गीतमा गरिएको छ ।गीतमा सन्तोष तामाङको छाँयाङकन , विजय राज भुर्तेल को निर्देशन तथा सम्पादन तथा समिर राईको कन्सेप्ट रहेको छ । भिडियोमा एस राज गराज…

Read More

काठमाडौं, २१ असार । त्रिभुवन विश्वविद्यालयका डीन, क्याम्पस प्रमुख लगायतका पदमा उम्मेदवारले कुनै पनि राजनीतिक दलमा आवद्ध नभएको स्वघोषणा गर्नुपर्ने छ । विश्वविद्यालयले ‘त्रिभुवन विश्वविद्यालयका सावधिक पदमा नियुक्तिका आधार र मापदण्डसम्बन्धी विनियम, २०८१’ सार्वजनिक गरेको छ, जसमा कुनै पनि पदको उम्मेदवारले दलको सदस्य नभएको स्वघोषणा अनिवार्य गरेको छ । हाल सम्म नियुक्तिसम्बन्धी मापदण्ड नहुँदा राजनीतिक भागबन्डाको आधारमा हुने गरेको थियो । तत्कालीन उपकुलपति धर्मकान्त बास्कोटाको पालामा कीर्तिपुर केन्द्रीय विभाग प्रमुखहरूको नियुक्ति सम्बन्धी विनियम बनाएका थिए, जसले ‘वरिष्ठतम शिक्षकहरू मध्येबाट विभागीय प्रमुख हुने,’ व्यवस्था गरेको छ ।त्यस बाहेकका पदमा गरिने नियुक्तिबारे मापदण्ड भने बन्न सकेको थिएन । प्रा.डा.केशरजंग बराल उपकुलपति भएपछि…

Read More

काठमाडौं, १८ असार ।साउन ५ गते बिश्वका ३३ सहरमा एक साथ साइकल च्यालेन्ज हुदैछ ।  घडी घुम्ने दिशामा साइकल यात्रीहरुले आफुले चाहेको रुट परिक्रमा गर्दैछन् । यो च्यालेन्जको लागि सवैभन्दा उपयुक्त रुट ‘३३ पुल परिक्रमा’ हो । च्यालेन्ज हुने  बिश्वका ३३ सहरको प्रतिक मानेर, ३३ पुलमा साइकल यात्रा गर्दा बिश्व भ्रमण गरेको अनुभति हुने भएकोले यो रुट सांकेतिक रुपमा उत्कृष्ट रहेको छ । भक्तपुरको ३३ पुल परिक्रमा कसरी गर्ने?भक्तपुर सहरलाई ३३ वटा पुलले घेरेको छ । यी पुलहरु परिक्रमा गर्न करीब ३३ किलोमिटर यात्रा गर्नु पर्ने हुन्छ ।अधिकांस रुट खोलाको तिर मै छ । घडी घुम्ने दिशा हुदै यी पुलहरु परिक्रमा गर्न सकिन्छ ।रुटमा सबैभन्दा बढी खेतहरु…

Read More

काठमाडौं, १८ असार। माओवादी अध्यक्ष समेत् रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिएर संसदको सामना गर्ने बताएक छन् । पछिल्लो राजनीतिक घटनाक्रमबारे आज बसेको पार्टीका मन्त्रीसहितको पदाधिकारी बैठकले विश्वासको मत लिने निर्णय गरेको नेकपा माओवादीका सचिव देवेन्द्र पौडेलले जानकारी दिएकाछन् । ‘प्रधानमन्त्रीले गलेर छोड्ने कुरा हुँदैन । गणित शो गर्न जाने, संसद फेस गर्ने र विश्वासको मत लिने कुरामा प्रधानमन्त्रीले कुरा राख्नुभएको छ,’ उनले भने, ‘पार्टीले पनि विश्वासको मतको सामना गर्ने र विभिन्न पक्षसँग कुराकानी गर्ने, राष्ट्रिय स्वतन्त्र पार्टीसँग पनि, कांग्रेससँग पनि र स्वयं एमालेका अहिले सहमति भए पनि विभिन्न पक्षसँग कुराकानी गर्ने र अगाडि बढ्ने कुरा भएको छ ।’

Read More

काठमाडौँ, १४ शुक्रबार। कमेडी च्याम्पियन सिजन ३ की सबैभन्दा कान्छी प्रतिश्पर्धी सुयशा खनाललाई मतदान गर्न सार्वजनिक व्यक्तिहरुले आह्वान गर्नु भएको छ । काँग्रेस महामन्त्री गगनकुमार थापा, एमाले नेताद्धय भिम रावल, योगेश भट्टराई, राप्रपा अध्यक्ष राजेन्द्र लिंदेल, प्रमुख सचेतक ज्ञानेन्द्र शाही, रास्वपा सांसद सोविता गौतम, बरिष्ठ कलाकारहरु राजेश हमाल, दुर्गा रायमाझी, जितु नेपाल, रमेशराज भट्टराई लगायतका सर्यौँ सार्वजनिक व्यक्तिहरुले सुयशालाई मतदान गर्न आह्वान गर्नु भएको हो । उहाँहरुले सानै उमेरमा राम्रो प्रतिभा देखाएकाले सुयशाले नै कमेटि च्याम्पियनको उपाधी जित्नु पर्ने बताउदै शुभकामना दिनु भएको छ । सुयशालाई खल्ती एप मार्फत ३३० मा शनिबार साँझ ७.३० सम्म मतदान गर्न सकिने भएकाले मतदान…

Read More

काठमाडौं, १३ असार। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, लगानी भित्र्याउने नाममा हदबन्दी छुटमा पाएको जग्गा पनि विक्री गर्न दिने सरकारी प्रस्तावको विपक्षमा उभिएको छ । यो कानुनको दुरुपयोग हुने उसको आशंका हो । सरकारले लगानी सम्मेलनका लागि ल्याएको अध्यादेशमा हदबन्दी छुटमा पाएको जग्गा एक पटकका लागि विक्री गर्न दिने व्यवस्था छ । त्यही अध्यादेशलाई प्रतिस्थापन गर्न सरकारले ल्याएको ‘लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१’ प्रतिनिधि सभामा विचाराधीन छ । २८ जेठमा दर्ता भएको यो विधेयकमाथि संशोधनका लागि ७२ घण्टे समय दिइएको छ ।संशोधन प्रस्ताव राख्नु अगाडि कांग्रेसले एकीकृत धारणा बनाउन बुधबार विज्ञहरुको उपस्थितिमा प्रतिनिधि सभा र राष्ट्रिय…

Read More

काठमाडौं १० असार। आन्दोलनरत संसद् सचिवायलका कर्मचारी र सरकारबीच ७ बुँदे सहमति भएको छ ।सोमबार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डे र कर्मचारी युनियनबीच भएको वार्ता सहमतिमा पुगेको हो । सहमति अनुसार संसद् सचिवालयका कर्मचारीको आवास भत्ता, शैक्षिक भत्ता र खाजा खर्च बढ्ने छ ।कर्मचारीहरूलाई प्रदान गरिंदै आएको शैक्षिक भत्तामा मासिक तीन सय वृद्धि गर्ने, अतिरिक्त समयमा काम गरेवापत खाजा तथा खाना खर्च दैनिक एक सयले वृद्धि गर्ने साथै यो रकम मासिक रूपमा प्रदान गर्ने सहमति भएको छ । २१ दिनदेखि संसद् सचिवालयमा कार्यरत कर्मचारी खाजा, आवासका साथै अतिरिक्त समयमा काम गरेको भत्ता पाउनुपर्ने…

Read More