
Author: Padam Kirati
काठमाण्डौ, ११ सोमबार । झापाको गौरादह नगरपालिका वडा नं. ७ (फोगडिबस्ती) का १६ वर्षीय रितिक धमला विगत तीन दिनदेखि बेपत्ता भएका छन् । धरानस्थित सैनिक आवासीय महाविद्यालयमा अध्ययनरत रितिक घरबाट विद्यालय जान भनी निस्किएका थिए, तर उनी विद्यालय नपुगी सीमावर्ती क्षेत्रबाट सम्पर्कविहीन भएका हुन् । पारिवारका अनुसार रितिक गत आइतबार (फेब्रुअरी १५, २०२६) बिहान १०:४५ बजे घरबाट निस्किएका थिए। उनी धरान जानुको साटो काँकडभिट्टा पुगेको सिसीटिभी (CCTV) फुटेजबाट पुष्टि भएको छ । काँकडभिट्टा नाकामा जडान गरिएको सिसीटिभी क्यामेरामा रितिक सोही दिन दिउँसो १:२१ बजे (नेपाल समय) देखिएका थिए । त्यसको दुई मिनेटपछि अर्थात् १:२३ बजे (भारतीय समय) मा उनी मेची…
काठमाडौं, १७ सनिबार। लगभग ४० वर्षभन्दा बढी समयदेखि पार्टीमा सक्रिय राईले आफ्नो राजनीतिक यात्रा विद्यार्थी आन्दोलनबाट सुरु गरेका हुन्। त्यसपछि काठमाडौं सम्पर्क मञ्च हुँदै २०६४ सालको पहिलो संविधानसभा निर्वाचनपछि आफ्नै जन्मथलो खोटाङको बुईपामा फर्किएर सक्रिय राजनीतिमा संलग्न भएका राई जिल्ला कमिटी सदस्यबाट जिम्मेवारी सम्हाल्दै सचिवालय सदस्य, सचिव, उपाध्यक्ष हुँदै हाल आठौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा निर्वाचित भई जिम्मेवारी निर्वाह गरिरहेका छन्। हाल ५६ वर्षको उमेरमा रहेका राईले पार्टीका उतार–चढाव, अनुभव र संघर्षलाई नजिकबाट नियाल्ने अवसर पाएको बताउँछन्। यसपटक प्राप्त उम्मेदवारीलाई उनले आफ्नो राजनीतिक जीवनको ठूलो मेहनतको उपहारका रूपमा लिएको बताएका छन्। खोटाङमा एमालेका पुराना र नयाँ धेरै नेताहरू हुँदाहुँदै पनि पार्टीले…
काठमाडौं, २१ आइतबार। काठमाडौं जेसिजको ५६औँ पदस्थापना कार्यक्रम भव्य तथा सभ्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममार्फत निर्वाचित अध्यक्ष विकास श्रेष्ठ मिलनले औपचारिक रूपमा पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्।कार्यक्रमका प्रमुख अतिथि पूर्व अर्थमन्त्री वर्षमान पुन रहेका थिए। कार्यक्रममा उपस्थित विशिष्ट अतिथि तथा अतिथिहरूले नव–निर्वाचित अध्यक्ष तथा कार्यसमितिलाई सफल कार्यकालको शुभकामना मन्तव्य व्यक्त गरे।नवगठित कार्यसमितिमा निवर्तमान अध्यक्षमा श्यामकुमार घिमिरे, महासचिवमा करुणा थापा, कोषाध्यक्षमा सुनिल श्रेष्ठ र कानुनी सल्लाहकारमा नारायण आचार्य ‘ह्याप्पी’ चयन भएका छन्। यसैगरी कार्यकारी उपाध्यक्षहरूमा आदित्य राई, सिद्धान्त गौली र नवराज भण्डारी रहेका छन्।सह–महासचिवमा रितिज कार्की र सह–कोषाध्यक्षमा राज रौनियार चयन भएका छन्। त्यस्तै उपाध्यक्षहरूमा गरिमा लिम्बु, निर्मल…
काठमाडौं, ९ । नेपालका वाइल्डवाटर क्यानोइङ खेलाडी कृष्ण खड्काले चीनमा भइरहेको २०२५ नु जियाङ वाइल्डवाटर क्यानोइङ एसियन च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्दै सर्ट डिस्टेन्स स्पर्धामा स्वर्ण पदक जितेका छन्। डिसेम्बर १७ देखि २२ सम्म आयोजना भएको प्रतियोगितामा खड्काले तीव्र बहाव र चुनौतीपूर्ण नदी मार्गलाई सहज रूपमा पार गर्दै एसियाका अनुभवी खेलाडीहरूलाई पछि पारे। उनको यो सफलताले नेपाललाई अन्तर्राष्ट्रिय जलक्रीडा क्षेत्रमा नयाँ उचाइमा पुर्याएको छ। उक्त स्पर्धामा नेपालकै रञ्जन कडेलले कास्य पदक जिते पनि प्रतियोगिताको मुख्य आकर्षण कृष्ण खड्काको स्वर्ण जित नै बन्यो। उनको आत्मविश्वासपूर्ण प्रस्तुति र प्राविधिक दक्षता खेलभर देखिन्थ्यो। खेलकुद क्षेत्रमा सीमित सहयोग र अवसरका बाबजुद कृष्ण खड्काले हासिल गरेको…
काठमाडौं, २३ सोमबर। काठमाडौंको अग्रणी युवा नेतृत्व तथा व्यक्तित्व विकास संस्था काठमाडौं जेसीजको सन् २०२६ कार्यकालका लागि ५६औं कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ। यस क्रममा संस्थाको अध्यक्ष पदमा जेसी विकास श्रेष्ठ (मिलन) निर्वाचित हुनुभएको छ। नवनिर्वाचित अध्यक्ष श्रेष्ठ (मिलन) लगायत सम्पूर्ण बोर्ड सदस्यहरूलाई संस्थाले हार्दिक बधाई ज्ञापन गर्दै सफल र प्रभावकारी कार्यकालका लागि शुभकामना व्यक्त गरेको छ। नवनिर्वाचित कार्यसमितिको विवरण युवा नेतृत्व विकास र सामाजिक क्षेत्रमा सक्रिय योगदान पुर्याउँदै आएको काठमाडौं जेसीजले सन् २०२६ को कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको हो। यस कार्यसमितिमा अध्यक्ष श्रेष्ठसँगै चार जना कार्यकारी उपाध्यक्ष र चार जना उपाध्यक्ष निर्वाचित हुनुभएको छ। नवनिर्वाचित सम्पूर्ण…
काठमाडौं । डडेल्धुरा जिल्ला आलिताल गाउँपालिका वडा नं ३ र ८ जोड्ने मौरि झोलुङ्गे पुलमा आज आलितालका युवाहरुले धोजा पतका सहित राष्ट्रिय झन्डाले सजि सजावट गरेका छन्। आलिताल युवा समाजका अध्यक्ष नबिन बिष्टले आर्थिक सहयोगको अपिल गरि स्थानीय युवाहरुको सक्रियतामा आज पुल सजाउने काम भएको हो। पुलको सजावट सँगै स्थानीय पर्यटनको घुम्न लायक उत्कृष्ट गन्तव्य हुने अध्यक्ष बिष्टले बताउनु भयो। साथै आज पुल सजाएर घुम्न लायक आकर्षक ठाउँ बनाएको भन्दै स्थानीय व्यापारीहरुले धन्यवाद दिदै आर्थिक सहयोग समेत रहेका थिए।
काठमाडौँ,९ असोज । एउटा उखान छ १२ बर्षमा बगेको खोला पनि फर्कन्छ।त्यस्तै प्रंसग बालाजु बाईपासको ३९ घरपरिवार गैर न्यायिक सडक बिस्तारबाट पिडित स्थानीयहरुको जीवनमा संयोग बन्न पुगेको छ। बालाजु बाईपासको स्थानीयहरुको निजी घर धनी पुर्जा हुँदाहुँदै सडक बिस्तारको नाममा २०७० साल चैतना बाईपासका स्थानीयहरुलाई त्यस स्थानबाट बिस्थापित गराएको थियो।यस गैरन्यायिक सडक बिस्तार बिरुद्ध अभियन्ता सुमन सायमी, रविन्द्र कुमार श्रेष्ठ,विद्या श्रेष्ठ लगायतका नेवार समुदायको बिभिन्न अभियन्ताहरुले स्थानीयको साथमा बसेर संघर्ष गर्नुभएको थियो। सडक विस्तार विरुद्ध आफुहरु अन्यायमा परेको भन्दै ३९ घरपरिवारले सडक संघर्ष र कानुनी लडाई समेत लड्दै आएका थिए। कानूनी लडाई लड्दै उनीहरूले सर्वोच्च अदालतमा गैर न्यायिक सडक विस्तार विरुद्ध…
काठमाडौँ ,१३ भाद्र । यूथ काँग्रेस नेपालले लिपुलेक, लिम्पियाधुरा र कालापानी सम्बन्धी भूराजनीतिक संवाद कार्यक्रम सम्पन्न भएको छ। बिहीबार अपराह्न ४ बजेबाट अनामनगरमा सुरु भएको उक्त कार्यक्रममा वक्ताहरूले मुलुकको सार्वभौमिकताको सन्दर्भमा आई परेको प्रश्नलाई गम्भीरतापूर्वक लिनु पर्ने धारणा व्यक्त गरेका छन्। कार्यक्रममा प्रस्तुत विचारहरूलाई समेट्दै, कार्यक्रम प्रस्तुत कर्ता राजीव न्यौपानेले लिपुलेक, लिम्पियाधुरा, कालापानी विवादको ऐतिहासिक यात्रा सन् १९५० दशक देखि २०२५ सम्मको परिप्रेक्ष्यमा प्रस्तुत गर्दै, यस सीमावर्ती क्षेत्र नेपालको मात्र नभई भारत र चीनका लागि पनि , सैन्य तथा आर्थिक दृष्टिले महत्त्वपूर्ण रहेको बताउनुभयो। नेपाल आरोप प्रत्यारोपमा मात्र सीमित नभई सक्रिय कूटनीतिक पहलमार्फत आफ्नो वास्तविक दाबीलाई सुनिश्चित गर्नुपर्नेमा उहाँले जोड…
काठमाडौं,२१ वैशाख। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको क्याथोलिक समुदायबाट कडा विरोध भएको छ। पोपको रूपमा आफूलाई देखाइएको एक एआई तस्वीर राष्ट्रपति कार्यालयको इन्स्टाग्राम खाताबाट सेयर भए पछि यस्तो बिरोध भएको हो । २१ अप्रिलमा पोप फ्रान्सिसको निधनपछि क्याथोलिक समुदाय शोकमा डुबेको बेला ट्रम्पले आफूलाई पोपको अवतारमा देखाउन यस्तो फोटो सार्वजनिक गरेका हुन् । उनी घाँटीमा ठूलो क्रस लगाएर गम्भीर भावमा औँला उठाउँदै उभिएका देखिन्छन् । ट्रम्पलद्धारा सेयर गरिएको उक्त तस्वीरमा उनी पोपजस्तै सेतो पोशाक र टोपीमा देखिएका छन् । केही दिन अघि ट्रम्पले पत्रकारहरूसँग हाँसो गर्दै भनेका छन् , ‘म पोप बन्न चाहन्छु।’ न्यूयोर्क राज्य क्याथोलिक सम्मेलनले ट्रम्पमाथि उनीहरूको आस्थाको मजाक उडाएको…
७ चैत, धनगढी । कैलालीमा एक सय भन्दा बढी विदेशी नागरिक अनुमति बिना वन क्षेत्रमा बसिरहेको पाइएको छ । जिल्लाको घोडाघोडी नगरपालिका–९ को सिमली जंगलमा करीब हप्ता दिनदेखि भारत, अमेरिका, चीन लगायतका देशका एक सय भन्दा बढी नागरिक बसोबास गरेर अस्वभाविक गतिविधि गर्दै आएको पाइएको छ । रेन्बो फेमली ग्यादरिङ नाम दिएर समूहमा आएका उनीहरूले कुनै पनि निकायबाट अनुुमति नलिएको पाइएपछि कैलालीका प्रमुुख जिल्ला अधिकारी गोगनबहादुर हमालले २४ घण्टाभित्र गन्तव्यमा जान निर्देशन दिएका छन् । विदेशी नागरिक वन क्षेत्रमा बसेर अर्धनग्न हुने, आपसमा अस्वभाविक गतिविधि गर्ने जस्ता गुनासा आएपछि बिहीबार जिल्लास्थित सुरक्षा निकायका प्रमुखसहित सिमली जंगल क्षेत्रमा पुगेका प्रमुख जिल्ला…
