काठमाडौं , १५ चैत। पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको सम्पत्तिमाथि सरकारले अनुसन्धान अघि बढाएको छ ।अनुसन्धानकोक्रममा देउवा र उनका परिवारका सदस्यहरूको सम्पत्ति विवरण संकलन गरिएको छ । प्रमाण नष्ट गर्नसक्ने आशंकाले बूढानीलकण्ठको देउवा निवास परिसरमा घर भत्काउने र्कायमा प्रहरीद्धारा रोक लगाईएको छ ।
सतामा रहदा अस्वभाविक तथा गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको आरोपमा यसअघि नै देउवा परिवार विरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी परेको थियो । स्रोतका अनुसार, यसअघि नै जुटाइएका सूचना र प्रमाणहरु संकलन गरेर अनुसन्धान थप अघि बढाउने र्काय भएको छ ।
स्रोतका अनुसार, पछिल्लो एक/डेढ वर्षमा जयवीर देउवा र उनले नजिकका नातेदारहरुका नाममा किनेको करिब ७३ रोपनी जग्गाको विवरणहरू पनि संकलन गरिएको छ ।
देउवाका नातेदार भूषण राणा, प्रदिपशम्सेर जबरा लगायतबाट जयवीर र अन्य व्यक्तिको खातामा भएको कारोवारको विवरण संकलन भइरहेको स्रोतले बताएको छ ।
‘नक्कली भुटानी शरणार्थी प्रकरण र नेपाल टेलिकमको बिलिङ अनियमितता प्रकरणमा आरजु राणा देउवाको संलग्नता तत्कालीन सञ्चारसचिव डा। बैकुण्ठ अर्यालमार्फत भएको विवादस्पद निर्णयपछिको कारोबारबारे उजुरीको छानबिन भइरहेको हो’ शम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग सम्वद्ध स्रोतले भन्यो, ‘त्यसै सिलसिलामा बूढानीलकण्ठस्थित देउवा निवास भत्काउने काममा रोक लगाइएको हो ।’
शेरबहादुर देउवाले बूढानीलकण्ठमा एउटा कम्पाउण्डभित्र दुईवटा बंगला बनाएका थिए । त्यसबारेमा यसअघि नै उजुरी परेको थियो । जेनजी आन्दोलनका क्रममा देउवा परिवारमाथि आक्रमण हुनुका साथै घरमा आगजनी भएको थियो ।
विगत केही दिनदेखि देउवा परिवारको निर्देशनमा क्षतिग्रस्त भवन भत्काउने र्काय भइरहेको थियो । प्रहरी सम्वद्ध स्रोतले भन्यो, ‘भवनमाथिको अनुसन्धानमा असर पर्ने र प्रमाण नष्ट हुनसक्ने शंका भएपछि उच्चपदस्थ अधिकारीहरुको निर्देशनमा घर भत्काउन स्थगीत गरिएको हो ।’


