काठमाडौं, १५ चैत । पूर्वगृहमन्त्री रमेश लेखकलाई जिल्ला अदालत काठमाडौंले पाँच दिन हिरासतमा राख्न म्याद दिएसँगै महाराजगञ्जस्थित नेपाल प्रहरीको २ नम्बर गणमा राखिने भएको छ । हिजो शनिबार पक्राउ र्गदा पनि लेखकलाई २ नम्बर गणमा नै राखिएको थियो । अहिले पनि गणमै राखेर बयानको काम गरिने प्रहरी स्रोतले बताए ।
सामान्यतय, जुन प्रहरी कार्यालयले अनुसन्धान गर्नुपर्ने हो त्यही प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान गर्ने चलन छ । हिरासत नभएको अवस्थामा मात्रै अन्य कार्यालयमा राखिन्छ । तर पूर्वगृहमन्त्री लेखक हाइप्रोफाइल भएका कारण सुरक्षा दिनकै लागी २ नम्बर गणमा राखिएको बताए।
प्रहरी परिसर काठमाडौं भद्रकालीमा रहेकाले मान्छे भेटघाट गर्न आउनेको संख्या पनि बाक्लो हुन सक्ने र परिसरका प्रहरीहरू अन्य दैनिक कार्यमा व्यवस्त हुने भएका कारण सुरक्षामा असर नपरोस भन्दै लेखकलाई २ नम्बर गणमा राखिएको हो ।


