पनौती, काभ्रे — कालाग्निरुद्र पीठ लड्केश्वर धाममा २०८० सालमा सम्पन्न भएको राष्ट्रिय कोटिहोममा नेपालका वर्तमान तथा पूर्व राष्ट्र प्रमुखहरूको ऐतिहासिक सहभागिताले यस धार्मिक आयोजनाको महत्वलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेल र पूर्वराजा ज्ञानेन्द्र शाह दम्पती पूजामा सहभागी भएका थिए । राजनीतिक विचारधाराको हिसाबले फरक भूमिकामा रहेका यी व्यक्तित्वहरू एउटै पूजास्थलमा, एउटै संकल्पमा सहभागी हुनु लड्केश्वर धामको विशेष मान्यताको परिचायक बनेको आयोजकहरूले बताएका छन् ।
यो सहभागिताले धार्मिक एकताको सन्देश दिएको मात्र होइन, जनआस्था, संस्कृति र सनातन परम्पराप्रति राज्यका उच्च तहबाट देखिएको श्रद्धा पनि उजागर गरेको छ । कोटिहोम संयोजक मुकुन्द शर्मा भन्छन्, “धर्म राजनीतिक विभाजनभन्दा माथि छ भन्ने उदाहरण यस पूजाले स्थापित गर्यो ।”