काठमाडौं, ५ साउन।ललितपुरको महालक्ष्मी नगरपालिकामा आज किरात राइ ययोक्खाको नगर कमिटी गठन भएको छ् । यसै नगरपालिकाको वडा न. ५ मा अवस्थित पवन प्रकृति इङ्लिस इस्कुलको सभा हलमा कार्यक्रम सम्पन्न भएको थियो ।
उक्त कार्यक्रममा प्रमुख अतिथि मा. शरन राईको उपस्थिती रहेको थियो भने उक्त कार्यक्रम मा. राईकै बिशेष पहलमा सम्पन्न भएको थियो । उक्त समितिको अध्यक्षमा हरिकाजी राइ चुनिएको छ् भने, उपाध्यक्क्षमा पविता राई, सचिव देवीका राई कोशाध्यक्ष शसिकला राई लगायत दुइदर्जन भन्दा बढी सदस्यहरु समाबेस भएको थियो । अन्य मानिस्हरुको बाकुलो उपस्थिती रहेको उत्क्त कार्यक्रममा मा. राईले आउने ०८४ मा जो कोही राई समुदयको यस नगरपालिका वा जिल्लाबाट चुनावी मैदानमा उतारी आफ्नो हक अधिकारको सुनिस्चितता गर्ने विश्वास ब्यक्त गरे।
यस महालक्षमी नगरपालिकामा छ हजार भन्दा बढी राई समुदयहरुले बसोबस गर्दै आइरहेको तथ्यङ्क आफुसँग भएको उक्त कार्यक्रमका अध्यक्क्ष राईले बाताए, साथै यस नगरपालिका भित्र राई समुदायको भाषा,सस्कार संस्क्रिति, भेषभुषाको प्रवर्दन गर्न थोरै भयपनी निस्चित जग्गाको आवश्यक भएको र त्यस जग्गामा साकेला थानाको स्थापना गर्नुपर्ने हुँदा यसै नगरपालिकाको मेयर हरिगोबिन्द श्रेष्ठसग आवसेक छलफल भाईरहेको बाताए।