काठमाडौं, १६ चैत सोमबार। मन्त्रिपरिषद्को आज बैठक बस्दै । नवर्निवाचित प्रधानमन्त्री बालेन शाहले आज अपराह्न बस्ने गरी बैठक बोलाएका हुन् । एक स्रतका अनुसार आज अपराह्न ४ बजे बैठक बोलाइएको छ ।
बैठक सिंदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएको छ ।सरकारले यसअघि १०० दिने कार्यसूची सार्वजनिक गरिसकेको छ भने हाल त्यसलाई कार्यान्वयन गर्ने भरपुर तयारीमा छ ।
दमन गरेको आरोपमा जेनजी आन्दोलनको बेला पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिसकेको छ । र अन्य मुद्दाका व्यक्तिहरुलाई पनि धमाधम पक्राउ पर्ने क्रम जारी छ ।
आजको मन्त्रिपरिषद बैठकमा यिनै सवाल, लगायत सरकारका अरु नियमित कार्यकाबारेमा पनि छलफल हुने भएको छ ।


