काठमाडौं, १८ असार ।साउन ५ गते बिश्वका ३३ सहरमा एक साथ साइकल च्यालेन्ज हुदैछ । घडी घुम्ने दिशामा साइकल यात्रीहरुले आफुले चाहेको रुट परिक्रमा गर्दैछन् । यो च्यालेन्जको लागि सवैभन्दा उपयुक्त रुट ‘३३ पुल परिक्रमा’ हो । च्यालेन्ज हुने बिश्वका ३३ सहरको प्रतिक मानेर, ३३ पुलमा साइकल यात्रा गर्दा बिश्व भ्रमण गरेको अनुभति हुने भएकोले यो रुट सांकेतिक रुपमा उत्कृष्ट रहेको छ ।
भक्तपुरको ३३ पुल परिक्रमा कसरी गर्ने?
भक्तपुर सहरलाई ३३ वटा पुलले घेरेको छ । यी पुलहरु परिक्रमा गर्न करीब ३३ किलोमिटर यात्रा गर्नु पर्ने हुन्छ ।अधिकांस रुट खोलाको तिर मै छ । घडी घुम्ने दिशा हुदै यी पुलहरु परिक्रमा गर्न सकिन्छ ।रुटमा सबैभन्दा बढी खेतहरु देख्न सकिन्छ । खोला तिरबाट यात्रा गर्दा चराचुरुङगीको चिरबिर चिरबिर आवाजले यात्रालाई रोमाञ्चक बनाउछ ।
खेत रहेको स्थानहरुमा, किसानहरुसंग मौसम अनुसारको तरकारी किन्न सकिन्छ ।साउन ५ गतेको साइकल यात्रा साउनको पहिलो सनिबार ३३ पुल परिक्रमाको लागि साइकल चढी यात्रा गर्न सकिन्छ । यो रुटको कुनै बिन्दुबाट सुरु गरी यात्रा अगाडि बढाउन सकिन्छ । काठमाण्डौमा खोलामा ढल मिसाउने चलन सुरु हुन अघि साउने खोला उर्लेर आउदा माछा मार्ने
परम्परा थियो । यो परम्परालाई जीवन दिनको लागि ढलको ब्यबस्थापन गर्ने कार्य ढिलो गतिमा भैरहेको छ । खोला किनारमा फोहर बस्तु फाल्ने गतिबिधि कम गर्न को लागि पनि त्यहाँ साइकलको चहलपहल हुन आवश्यक छ ।
साइकल यात्राको रुटहरु पाँचाख्य नेवार भाषामा पाँचा को अर्थ बालुवा र ख्यको अर्थ चौर हुन्छ । बालुवा जम्मा भएर बनेको चौरलाई पाँचाख्य भनिन्छ ।
यस्तै ख्य भक्तपुरको जगाती र च्यांम्हासिहको बीचमा चाँगु नगर र सुर्यबिनायक नगरबाट बग्दै आएको खोलाहरुको संगम हनुमानघाटमा पनि छ । यो चौरलाई हाल पाँच वटा पुलले घेरिएको छ । यहाँ नगरपालिकाको फोहर उठाउने गाडी राख्ने ग्यारेज पनि रहेको छ ।
यो ग्यारेजलाई अपग्रेड गरी सवारी पार्किङ स्थल बनाउन पर्ने स्थानीयको माग रहेको छ । यहीबाट सहरका बिभिन्न स्थाल पुग्न कम समय लाग्छ । भक्तपुरबाट काठमाण्डौ र ललितपुर जाने गाडी यतैबाट जाने गरेको छ । यही चौरबाट
साइकल यात्रा सुरु गर्दा पनि हुन्छ ।पाँचाख्य देखि थिमी पुल सम्म
पाँचाख्यबाट साइकल यात्रा सुरु गरे पछि हनुमन्ते खोलामा भक्तपुर सहर र सुर्यबिनायक क्षेत्रबाट खोल्सीहरु मिसिन आउछ ।
यी खोल्सा तर्न बनेका र हनुमन्ते तर्न बनेका पुलहरु हुदै यात्रा थिमि स्थित पुलमा पुग्न सकिन्छ । यस क्रममा झटकिला बाट बग्ने खोल्सा, जगातीबाट बग्दै आएको खोल्सा, डागाचा खोल्सा, काल्हाचा खोल्सा, साते, घलाते लगायतका
स्थानबाट खोल्साहरु हनुमन्तेमा मिसिन्छ ।थिमी देखि सल्लाघारी
थिमीको पुल पुगे पछि भने हुनमन्ते पुल तरी थिमी नगर क्षेत्रमा पर्ने बाटो हुदै निकोसेरा हुदै सल्लघारी पुगिन्छ । यो स्थानमा फोहर पानी प्रसोधन गर्ने केन्द्र छ । तर हाल यो सञ्चालनमा छैन ।
सल्लाघारी देखि टाउन प्लालिङ सल्लाघारीबाट भने तीन वटा टाउन प्लानिङ हुदै यात्रा डेकाचा सम्म पुग्छ । यहाँ टाउन प्लानिङको बेला बनेको फराकिलो
बाटोमा साइकल सरर गुडाउन सकिन्छ । यो रुटमा केही नाम चलेका स्कूलहरु देख्न सकिन्छ ।डेकोचा देखि वन्ती सम्म यहाबाट अगाडी जाने ४ वटा बिकल्पहरु छन् । पहिलो बिकल्प दक्षिण तर्फको पीच रोड हुदै वन्ती पुग्ने होे । दोक्षो र तेश्रो
बिकल्प खोलाको दायाँ र बाँया तिरमा रहेका गोरेटो बाटोमा साइकल डोर्याउदै खोलाको मज्जा लिनु हो ।
चौथो बिकल्प उत्तर मोडी इट्टा भट्टाको बाटो हुदै वन्ती पुग्ने हो ।वन्ती देखि छालिङ पुल सम्म वन्ती पुगे पछि पनि दुइ वटा बिकल्प छन् । एउटा बिकल्पको खोलाको किनारा हुदै बाटोमा काडा हटाएर छालिङ पुग्ने हो। अर्को भनेसाइकलमा कच्ची बाटो हुदै छालिङ पुल पूग्न सकिन्छ । छालिङदेखि महादेवखोला पुल छालिङको पुलले चाँगु र भक्तपुर नगरको सिमाको काम गर्छ । यहाँबाट आर्मी ब्यारेक हुदै, यातु महादेव हुदै महादेव खोला
पुल पूग्न सकिन्छ । अर्को चाही खोलाको तिर भन्दा अलि पर बनेको कच्ची बाटो हुदै चाँगु नगरपालिकको कार्यलय परिसर पुग्न सकिन्छ ।
यहाँबाट खरीपाटी बिद्युत तालिम केन्द्र भएर महादेव खोला पुल पुगिन्छ ।
महादेवखोला पुल देखि ब्रम्हायणी पुल महादेव खोलाको किनारै किनार गोसले पुल, चोकिचिला पुल भएर ब्रम्हायणी पुगिन्छ । यहाँबाट कमलबिनायक टाउन
प्लालिङ लगायतका स्थानहरु देखिन्छ । यहाँ १२ महिना तरकारी खेती भैरहेको हुन्छ । ब्रम्हायणी देखि मल कारखाना ब्रम्हायणी देखि खोलाको किनारामा सहर बिकास गरिएकोले बाटो ब्यबस्थित छ ।
यसै क्षेत्रमा कर्भड हल, इन्जिरियरीङ कलेज र मल कारखाना देखिन्छ । नयाँ बनेको सहरमा पुरानो सहरको परम्पगरात उद्योगहरु सारिएका छन् । धौ, काष्ठकला,धातुकला, मुर्तिकला, माटोको भाडा बनाउने शिल्पीहरुको बसोबास यहाँ रहेको छ ।
मलकारखाना देखि पाँचाख्य सम्म मल कारखाना अगाडी बन्दै गरेको पुल हुदै थुसाचाको दुवै पुल तरे पछि खोला किनारैबाट जेलाँ पुल र माहेश्वरी पुल पुगिन्छ । यहाँ बाट सय मिटर दक्षिण लागे पछि यात्रा सुरु गरेको पाचाख्यको पुल पुगे पछि यात्राको एक फन्को पुरा हुन्छ । थप गन्तब्य यात्राको एक फन्को पछि अरु गन्तब्यहरुमा पनि जान सकिन्छ । आबश्यक परेमा अर्को फन्को पनि मार्न सकिन्छ ।