काठमाडौं, २२ चैत आइतबार । भक्तपुरको प्रहरीले ‘स्वीप अप्रेशन’ सञ्चालनमा ६० जनालाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी परिसर र मातहतका वृत्तबाट चैत २१ गते ६० जना ब्यक्ती पक्राउ गरेको हो ।
मोटरसाइकल चोरी च अन्य गतिविमिा संलग्न र शंकास्पद व्यक्तिहरुलाई निगरानीमा राखिएको पनि जानकारी दिए । यसैक्रममा एकैदिनमा ६० जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर भक्तपुरका एक प्रहरी अधिकारीले जानकारी दिए ।
यस अभियानलाई भक्तपुर प्रहरीले ‘स्वीप अप्रेशन’नाम दिएको छ । यो अपरेसन आगामी दिनमा पनि निरन्तर जारी रहने जनाएका छ। यसबीच भक्तपुर प्रहरीले मादक पदार्थ सेवन गरी यात्रुवाहक बस चलाउने एक चालकलाई पक्राउ गरेको छ ।


