काठमाण्डौ । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री लीलाबल्लभ अधिकारी थप ७ दिन प्रहरी हिरासतमा रहने भएका छन् । उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले प्रहरीलाई ७ दिनको म्याद थप गरेको हो ।
काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार रामु शर्माका अनुसार अदालतले अधिकारीलाई हिरासतमा राखेर अनुसन्धान गर्नका लागि म्याद थपको अनुमति प्रदान गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंले अधिकारीलाई हिरासतमा लिएर मानव तस्करी तथा सरकारी लिखत कीर्तेको कसुरमा अनुसन्धान गरिरहेको छ ।
उनी आइतबार विराटनगरस्थित निवासबाट पक्राउ परेका थिए ।