काठमाडौं, २९ मंसिर । चिकित्सा शिक्षा क्षेत्र सुधार गर्ने उदेस्यले प्रा.डा. गोविन्द केसीले कैलालीको लक्ष्मीनारायण मन्दिरमा फेरी अनशन सुरु गरेका छन् ।विगतमा पटक–पटक सरकारसँग भएको सहमतिलाई कार्यनयनमा नल्यएको भन्दै डा. केसी तीनदिने अनशनमा बस्ने बताएका छन् ।
यसअघि अनशनमा बस्न धनगढी पुगेका डा. केसीलाई दशरथ चन्द्र स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिका सदस्यहरुले अवरोध गरेका थिए ।गेटामा शीघ्र स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालन गर्नुपर्ने मागसमेत रहेका केसीले त्यहाँ नै अनशन बस्ने तयारी गरेका थिए ।
तर आफूहरुको माग विश्वविद्यालय भएकाले केसीलाई साथ दिन नसक्ने भन्दै संघर्ष समितिका सदस्यहरुले विरोध जनाएपछि उनी लक्ष्मी नारायण मन्दिरमा पुगेका हुन् ।गेटामा प्रवेश नपाएपछि डा. केसी आक्रोशित हुँदै ‘आफू सुदूरपश्चिमका लागि लडेको भन्दै उनले वताए, ‘एक्लो देखेर पुलिस लगाउने ? धम्की दिने ?’
डा. केसीको मागहरु
डा. केसीले विगतमा भएका सम्झौता, सरकारी अस्पतालहरुमा मागअनुसार दरबन्दी थप गर्दै क्षमता बढाउने र सबै निःशुल्क औषधिहरु पाइने सुनिश्चित गर्ने।
गेटामा शीघ्र स्वास्थ्य विज्ञान प्रतिष्ठान संचालनमा ल्याउनुपर्ने, चिकित्सा शिक्षा ऐनमा उल्लेख भए अनुसार सबै प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज पुर्याउनु पर्ने,
जनसंख्या र भौगोलिक अवस्थिति अनुसार यस अगाडिको सम्झौता बमोजिम इलाम, उदयपुर, डडेलधुरामा सरकारी मेडिकल कलेजहरु खोल्नु पर्ने माग अगाडि सारेका छन् ।
१०० शय्या भन्दा बढी क्षमता भएका सरकारी अस्पतालहरूमा नर्सिङ लगायत अन्य स्वास्थ्य सम्बन्धी विषयका कार्यक्रम सुरु, विश्वविद्यालय र प्रतिष्ठानहरुमा पदाधिकारी नियुक्तिको मापदण्ड सहित कानुनी व्यवस्था गर्नु पर्ने,
ऐन जारी नभएसम्म दलीय भागबन्डालाई निश्तेज गरी अगाडिको सम्झौता भए बमोजिमका मापदण्डअनुसार तुरुन्त विश्वविद्यालयहरुमा नियुक्ति तथा एकीकृत प्रतिष्ठान ऐन शीघ्र जारी गर्ने माग रहेका छन् ।
द्वन्द्वकालमा भएका मानवताविरोधी तथा जघन्य अपराधका दोषीहरुलाई दण्डित गर्नु पर्ने, घाइते र बेपत्ता परिवारलाई न्यायिक लाभ हुने गरी संक्रमणकालीन न्यायप्रक्रिया शीघ्र टुंगोमा पुर्याउनुपर्ने उनको माग रहेको छ ।