काठमाडौं, २३ सोमबर। काठमाडौंको अग्रणी युवा नेतृत्व तथा व्यक्तित्व विकास संस्था काठमाडौं जेसीजको सन् २०२६ कार्यकालका लागि ५६औं कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ। यस क्रममा संस्थाको अध्यक्ष पदमा जेसी विकास श्रेष्ठ (मिलन) निर्वाचित हुनुभएको छ। नवनिर्वाचित अध्यक्ष श्रेष्ठ (मिलन) लगायत सम्पूर्ण बोर्ड सदस्यहरूलाई संस्थाले हार्दिक बधाई ज्ञापन गर्दै सफल र प्रभावकारी कार्यकालका लागि शुभकामना व्यक्त गरेको छ।

नवनिर्वाचित कार्यसमितिको विवरण युवा नेतृत्व विकास र सामाजिक क्षेत्रमा सक्रिय योगदान पुर्याउँदै आएको काठमाडौं जेसीजले सन् २०२६ को कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको हो। यस कार्यसमितिमा अध्यक्ष श्रेष्ठसँगै चार जना कार्यकारी उपाध्यक्ष र चार जना उपाध्यक्ष निर्वाचित हुनुभएको छ। नवनिर्वाचित सम्पूर्ण बोर्ड सदस्यहरूको नाम र पद निम्न तालिकामा उल्लेख गरिएको छ:
अध्यक्ष (President) -जेसी विकास श्रेष्ठ (मिलन) कार्यकारी उपाध्यक्ष (Executive Vice President) -जेसी नर आदित्य राई कार्यकारी उपाध्यक्ष (Executive Vice President) -जेसी सिद्धान्त गौली कार्यकारी उपाध्यक्ष (Executive Vice President) -जेसी नबराज भण्डारी उपाध्यक्ष (Vice President) -जेसी गरिमा लिम्बु उपाध्यक्ष (Vice President) – जेसी बिशाल परियार उपाध्यक्ष (Vice President) – जेसी निर्मल खड्का उपाध्यक्ष (Vice President) – जेसी प्रिन्स सुवेदी काठमाडौं जेसीजले नवनिर्वाचित बोर्डको नेतृत्वमा संस्थाले आगामी वर्षमा युवा उद्यमशीलता, नेतृत्व विकास तथा सामुदायिक सेवाका क्षेत्रमा थप प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ। सन् २०२६ को कार्यकाल सफल र उपलब्धिमूलक बनोस् भन्ने हार्दिक शुभकामना समेत व्यक्त गरिएको छ।


