काठमान्डौ,15 कार्तिक। त्रिभुवन विश्वोबिधालयको उपकुलपति प्रा डा धर्मकान्त बास्कोटाले प्रधानमनत्री कुलपति रहने व्यवस्था हटाउन सुझाब दिएका छन्। आफ्नो चारबर्से कार्यकाल पुरागरेरा बाहिरिनु अघि आयोजित पत्रकार सम्मेलनमा उनले प्रधानमनत्री कुलपति हुने ब्यबस्था हटायर शैक्षिक र योग्य व्यक्तिलाई खुल्ला प्रतिस्पर्धाबाट कुलपतिको नियुक्ति गर्नु पर्ने सुझाब दिएको हो।
हाल त्रिविको कुलपति प्रधानमन्त्री र सहकुलपति शिक्षामन्त्री रहने व्यवस्था छ । प्रधानमन्त्रीले सरकारको नेतृत्व गर्नुपर्ने, पार्टी सम्हाल्नुपर्ने, संसदीय दलको नेताको हैसियतले संसदलाई पनि समय दिनुपर्ने हुनाले चाहेर पनि विश्वविद्यालयमा समय दिन नसक्ने बाँस्कोटाले बताए ।
प्रधानमन्त्रीले समय नािद्या विश्वविद्यालयका कयौं समस्या ओझेलमा परेको भन्दै उनले ट्रस्टको व्यवस्था गरी विशेषज्ञता हासिल गरिसकेका शैक्षिक व्यक्तिलाई खुला प्रतिस्पर्धाबाट कुलपति बनाउन सुझाव दिएका हुन् ।
उपकुलपति बाँस्कोटाले विद्यार्थी संगठनलाई पूर्णत शैक्षिक क्रियाकलापका विषयमा मात्र केन्द्रित गर्नुपर्ने, विश्वविद्यालयमा चन्दा आतंक पूर्णत बन्द गर्नुपर्ने र विद्यार्थीको राजनीतिक प्रतिस्पर्धालाई शैक्षिक प्रतिस्पर्धामा रुपान्तरण गर्नुपर्ने पनि सुझाव दिएका छन् ।उनले विश्वविद्यालयमा कुनै पनि बहानामा बन्द गर्न नपाउने र कसैले बन्द गरे स्थानीय प्रशासनले खोल्नुपर्ने व्यवस्था गर्न पनि सुझाव दिएका छन् ।
विश्वविद्यालयमा पदाधिकारीहरु समयअवधि सकिनु अगावै नियुक्ति गरी रिक्त हुने पहिलो दिनबाटै काम गर्न पाउने व्यवस्था गर्न पनि बास्कोटाको सुझाव छ ।बाँस्कोटालाई तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ कात्तिक १७ गते त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा नियुक्त गरेका थिए । उनको चार वर्षे कार्यकाल बिहीबार पूरा हुँदैछ ।
त्रिविमा धेरै सुधार गरेको दाबी
कार्यकाल पूरा गरेर बिदा हुन लाग्दा उपकुलपति बाँस्कोटाले आफूले त्रिविमा धेरै सुधार गरेको दाबी गरेका छन् । उनले विश्वविद्यालयको भौतिक पूर्वाधारमा सुधार, प्रविधिमैत्री विश्वविद्यालय, अनुसन्धानलाई प्राथमिकता, शैक्षिक क्यालेण्डरको पालना, परीक्षा प्रणालीमा सुधारलगायतका काम गरेको बताएका छन् ।
त्यस्तै देशको आवश्यकता अनुसार जनशक्ति उत्पादन, शिक्षक कर्मचारीहरुको क्षमता अभिवृद्धि, आंगिक तथा सम्बन्धनप्राप्त कलेजहरुको प्रभावकारी नियमन, पाठ्यक्रममा समसामयिक परिमार्जन, विद्यार्थीलाई क्याम्पसमा खेलकुदको व्यवस्था, त्रिविको सम्पत्ति पहिचानको काम गरेको पनि बाँस्कोटाले उल्लेख गरेका छन् ।