काठमाडौं, २१ आइतबार। काठमाडौं जेसिजको ५६औँ पदस्थापना कार्यक्रम भव्य तथा सभ्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममार्फत निर्वाचित अध्यक्ष विकास श्रेष्ठ मिलनले औपचारिक रूपमा पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्।
कार्यक्रमका प्रमुख अतिथि पूर्व अर्थमन्त्री वर्षमान पुन रहेका थिए। कार्यक्रममा उपस्थित विशिष्ट अतिथि तथा अतिथिहरूले नव–निर्वाचित अध्यक्ष तथा कार्यसमितिलाई सफल कार्यकालको शुभकामना मन्तव्य व्यक्त गरे।
नवगठित कार्यसमितिमा निवर्तमान अध्यक्षमा श्यामकुमार घिमिरे, महासचिवमा करुणा थापा, कोषाध्यक्षमा सुनिल श्रेष्ठ र कानुनी सल्लाहकारमा नारायण आचार्य ‘ह्याप्पी’ चयन भएका छन्।

यसैगरी कार्यकारी उपाध्यक्षहरूमा आदित्य राई, सिद्धान्त गौली र नवराज भण्डारी रहेका छन्।सह–महासचिवमा रितिज कार्की र सह–कोषाध्यक्षमा राज रौनियार चयन भएका छन्। त्यस्तै उपाध्यक्षहरूमा गरिमा लिम्बु, निर्मल खड्का, विशाल परियार, प्रिन्स सुबेदी, अमर गुरुङ र एलन अधिकारी रहेका छन्।
सम्पूर्ण नवनिर्वाचित कार्यसमितिले अध्यक्ष विकास श्रेष्ठ मिलनबाट पद तथा गोपनीयताको सपथ ग्रहण गरेका थिए। कार्यक्रममा उपस्थित सबैले नयाँ नेतृत्व र कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।


