काठमाडौँ, फागुन २।आज विश्वभर विभिन्न कार्यक्रम गरी प्रेम दिवस अर्थात् भ्यालेन्टाइन डे मनाईदैँ छ। आफ्ना जीवन साथीलाई प्रेम आपसमा आदानप्रदान गरी मनाइने यस यस पर्वको बारेमा धेरै कम व्यक्तिलाई थाहा हुनसक्छ। कुनै पनि पर्व मनाइरहेको छ भने त्यसको उत्पत्ति, ऐतिहासिक र सांस्कृतिक कारणलाई नबुझेर मनाउँदा यसले हाम्रो परम्परा र संस्कृतिलाई आक्रमण गर्ने हो कि भनेर इतिहासका विज्ञ र संस्कृत विदहरूले चिन्ता प्रकट गरेका छन्।
नेपालमा पनि हरेक वर्ष काठमाडौँ उपत्यकाको नेवार समुदायले मनाउँदै आइरहेको मतिना पारु अर्थात् प्रेम प्रतिपदालाई बेवास्ता गर्दै पश्चिमेली शैलीमा नेपाली जगत रम्न थालेको उनीहरूको असन्तुष्टि जनाउँदै आएका हुन्। नेपाल मण्डलमा अर्थात् काठमाडौँ उपत्यकाका नेवार समुदायले प्रत्येक वर्ष योमरी पूर्णिमाको भोलिपल्ट आफ्ना प्रेमिल जोडीहरूसँग यमरी जस्ता मिठा परिकार आदानप्रदान गरी परम्परादेखि मनाउँदै आएको मतिना पारुको बेवास्ता गरी पश्चिमेली शैलीमा रमाउनुले आफ्नो सांस्कृतिक चालचलन माथि प्रहार भएको संस्कृतिविदहरूको टिप्पणी छ।
भ्यालेनटाइन डे मनाउने कारण ऐतिहासिक तथा सांस्कृतिकको जरा प्राचीन रोम र इसाई धर्मको इतिहाससँग जोडिएको हुनाले सन्त भ्यालेनटाइन नामका एक पादरीले प्रेमीहरूलाई लुकेर विवाह गराइदिने प्रथा चलाएका उनलाई पक्राउ गरी मृत्युदण्ड दिइएको दिनको अवसरमा यथार्थ नबुझी यस दिन प्रणय दिवस मनाउन नहुने पनि संस्कृतिविदहरूको टिप्पणी गरे
यो रोमन लुपेर्कालिया पर्वसँग सम्बन्धित भएकालेफेब्रुअरी १३-१५ का दिन रोमनहरूले “लुपेर्कालिया” नामक प्रेम र प्रजननसँग सम्बन्धित पर्व मनाउँने यस प्रथालाई रोमन चर्चले यसै समय “सन्त भ्यालेनटाइन” को सम्मानमा नयाँ पर्व मनाउने भएको कारण यस पर्वलाई पूर्णरूपमा बहिष्कार गरी आफ्नो धर्म र संस्कृतिको रक्षा गर्नुपर्ने पनि संस्कृतिविदहरूको धारणा थियो।
लेखक, प्रकाश कपाली आरआर क्याम्पस बीए तेस्रो वर्षका विद्यार्थी हुन्।