काठमाडौं, २८ असोज। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले चालु वर्षमा १० वटासम्म नेपाल वायुसेवा निगमका जहाज खरिद गर्ने बताउनु भएको छ।
आइतबार मन्त्री निवास पुलचोकमा सत्तारुढ दल नेपाली कांग्रेसको विद्यार्थी संगठन (नेविसंघ) ले चाडबाडका बेला हुने भाडादरमा कालोबजारीलाई नियन्त्रण गर्न आग्रह गर्दै बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उहाले बताउनु भयो ।
नेपाल वायुसेवा निगमको जहाज थपेर भाडादरमा देखिएको विसंगतिलाई बजार हस्तक्षेप गर्नु नै एकमात्र विकल्प रहेको बताउनु भयो ।
मन्त्री किरातीले आजैदेखि नेपालगञ्जबाट दुर्गम क्षेत्रका लागि नेपाल एयरलाइन्सको विमान दशैभर सञ्चालन गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
अहिले फ्युल बढेका कारण भाडादर बढेको भन्दै चाडवाडका बेलामा हुने कालोबजारीलाई रोक्न मन्त्रालय सम्बन्धित निकायसँग छलफल गरी वक्तव्य जारी गर्ने पनि बताउनु भयो।
उहाले सबै महंगी नियन्त्रण गर्न सरकारले छुट दिन सक्नुपर्ने बताउनु भयो।